आज कति हो त सुनचाँदीको मूल्य ?

काठमाडौँ । नेपालमा सुनको मूल्य एकैदिन १ हजार ६०० रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार प्रतितोला १ हजार ६०० रुपैयाँले घटेसँगै प्रतितोला ९५ हजार १०० रुपैयाँमा आएको छ ।तेजावी सुनको मूल्य तोलाको ९४ हजार ६०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, मंगलबार छापावाल सुन तोलाको ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।तेजावी सुनको भाउ तोलाको ९६ हजार २०० रुपैयाँ निर्धारण भएको थियो । यता, चाँदीको भाउ पनि प्रतितोला ३५ रुपैयाँले घटेर १२८५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १३२० रुपैयाँमा कारोबार भएको थियो ।
Facebook Comments Box

आव २०७९/८० मा टिमुरको उत्पादनमा दोब्बरले कमी
September 21, 2023
दाङ । दाङमा टिमुरको उत्पादनमा कमी आएको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा आव २०७९/८० मा दोब्बरले टिमुरको उत्पादनमा…