बोलेरो जीप दुर्घटनामा एकको मृत्यु, ६ जना घाइते

दैलेख  फागुन ४ : दैलेखको महाबु गाउँपालिका–४ फागुमा बोलेरो जिप दुर्घटना भएको छ। दैलेख सदरमुकाम नारायण नगरपालिकादेखि महाबु गाउँपालिकाको काशिकाँधतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्।बागमती प्रदेश ०१०२६ च ५२६४ नम्बरको बोलेरो मंलगबार साँझ करिब साढे ६

बजेतिर दुर्घटना भएको दैलेख प्रहरी प्रमुख डीएसपी भुवनेश्वरप्रसाद साहले बताए ।

डीएसपी साहका अनुसार दुर्घटनामा परि मृत्यु हुनेमा महाबु गाउँपालिका–५ का ४० वर्षीय रामबहादुर हमाल रहेका छन्। हमाल शिव आधारभूत विद्यालय  गढि गाउँका प्रधानाध्यापक हुन्। घाइते अन्य ६ जनाको उपचारका लागि जिल्ला सदरमुकामस्थित दैलेख अस्पतालमा ल्याईएको छ। बोलेरो जीप अनियन्त्रित भई सडकबाट एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

Facebook Comments Box
TOP