यौन अखडा बन्दै होटल कृपा

काठमाडौं, ५ फागुन । हिन्दुहरुको पवित्र स्थल र विश्व सम्पदा सूचिमा सुचिकृत रहेको पशुपति क्षेत्रमा संचालित होटल कृपामा प्रहरीकै संरक्षणमा यौन अखडा संचालन रहेको खुलासा भएको छ ।
काठमाडौंको धार्मिक मुटुको रुपमा हेरिने पशुपति क्षेत्रमा आन्तरिक तथा बाह्य तिर्थयात्रीहरुलाई लक्षित गरी होटलहरु संचालन गर्नुपर्ने भए पनि पछिल्लो समय कोरोना भाइरसको महामारीका कारण छिमेकी राष्ट्र भारतबाट तिर्थयात्री नआएपछि पछिल्लो समय सो क्षेत्रका होटलहरु यौन प्यास मेटाउने थलो बन्दै आएको छ ।
पशुपति क्षेत्रमा संचालित स्तरीय होटलको रुपमा रहेको होटल कृपा प्रा.लि. समेत यौन प्यास मेटाउने थलो बनेको खुलेको छ । हाम्रा प्रतिनिधिले सो होटलमा नास्ता खानको लागि जाँदा होटलका कर्मचारीले सिधै यौन प्यास मेटाउने प्रस्ताव राखेका थिए । ती कर्मचारीका अनुसार एक हजारदेखि पाँच हजार रुपैयाँसम्मका युवतीहरुलाई फोनबाटै बोलाई यौन प्यास मेटाउन सकिने बताएका थिए ।
युवतीहरुलाई फोनबाटै बोलाई ग्राहकको चाहनाअनुसार यौन प्यास मेटाउँदै आउने गरेको ती कर्मचारीले हाम्रा प्रतिनिधिलाई बताएपछि, प्रतिनिधिले उत्सुकतापूर्वक प्रहरीले छापा हान्छ कि हान्दैन भन्दा ती कर्मचारीले हामीले प्रहरीलाई सेटिङ मिलाएका छौं, ढुक्क हुनुहोस्, यौन प्यास मेटाउनुहोस् भन्दै होटलको भिजिटिङ कार्डसमेत दिएका थिए ।

आव २०७९/८० मा टिमुरको उत्पादनमा दोब्बरले कमी
September 21, 2023
दाङ । दाङमा टिमुरको उत्पादनमा कमी आएको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा आव २०७९/८० मा दोब्बरले टिमुरको उत्पादनमा…