मस्कले क्यानडाका प्रधामन्त्रीलाई गरे हिटलरसँग तुलना

न्युयोर्क, ८ फागुन
अमेरिकी विद्युती गाडी निर्माता टेस्लाका मालिक एलन मस्कले क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई एडोल्फ हिटलरसँग तुलना गरेका छन् । क्यानडामा जारी ट्रक चालकहरुको आन्दोलनलाई समर्थन गर्दै मस्कले ट्विटरमा ट्रुडोको आलोचना गरेका हुन् । उनको आलोचनाले ट्विटरमा तूफान ल्याएको थियो ।
क्यालिफोर्नियाको स्थानीय समयअनुसार बुधारबा मध्यरातमा ट्विट गरेका मस्कले बिहीबार सो ट्विट हटाएका थिए । ट्विटरमा मस्का ७ करोड ४० लाख फलोअर्स छन् ।
टेस्ला कम्पनीका प्रमुख कार्यकारी मस्कले जनवरीको अन्ततिर गरेको एउटा ट्विटमा पनि ट्रक चालकहरुको आन्दोलनलाई समर्थन गरेका थिए । सरकारले ल्याएको अनिवार्य कोभिड खोप प्रावधानको विरोधमा क्यानडामा ट्रक चालकहरुले केही सातादेखि आन्दोलन गरिरहेका छन् ।
आन्दोलन जारी रहेकै बेला सरकारले आन्दोलनमा सहभागी हुनेको बैंक अकाउन्ट रोक्का गरिदिने चेतावनी दिएको छ ।

धमाधम विदेशिँदै नेपालीः उनीहरुलाई देशमै रोक्न सरकारसँग छैन् कुनै रणनीति !
September 30, 2023
मुलुकमा रोजगारीका लागि विदेशिने क्रम ह्वात्तै बढेको छ । दैनिक हजारौंले नेपाल छोडिरहेका छन् । पहिलेपहिले पुरुष विदेशिन्थें, अहिले विदेशिने…