एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

काठमाडौं : एमसीसीमा आन्तरिक मतभेद देखिएपछि नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । सत्तारुढ गठबन्धनभित्र रहेको दलमा एमसीसीबारे नेताहरु पक्ष/विपक्षमा उत्रिएपछि सोमबार दिउँसो १ बजेपछि केन्द्रीय सचिवालय बैठक बोलाइएको हो ।शनिबार स्थायी कमिटी बैठकले एमसीसी संसदमा पेश गर्न दिने तर संशोधनबिना पास नगर्ने
आइतबार बिहान अध्यक्ष माधवकुमार नेपालले बालुवाटारको बैठकमा एमसीसी संसद्मा टेबल गर्न दिन सहमति जनाएका थिए तर पार्टीका सम्मानित नेता झलनाथ खनालले भने एमसीसी संसदमा पेश गर्न दिने निर्णय नै नगरेको भन्दै चर्को असन्तुष्टि व्यक्त गरेका छन्। खनालले संसद्मा समेत विरोध जनाएका छन्।
शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले गठबन्धनको सरकार भएकाले प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले एमसीसी टेबल गर्न प्रस्तावमा समर्थन रहेको धारणा राखेकी छन्। उनले मन्त्रिपरिषद्को सदस्य भएकाले समाजवादी एमसीसीको पक्षमा रहेको बताइन्। उनले एमसीसीका कारण गठबन्धन नटुट्ने पनि दाबी गर्दै आएकी छन्।
समाजवादीको भातृ संगठनहरुले विरोध प्रदर्शन उत्रिएका छन्।
-
धमाधम विदेशिँदै नेपालीः उनीहरुलाई देशमै रोक्न सरकारसँग छैन् कुनै रणनीति !
-
अनुचित लेनदेन गर्ने मनिकलाल पक्राउ
-
एनआरएनए उपाध्यक्षमा खगेन्द्र न्यौपाने : कतारबाट अध्यक्षका प्रत्याशी आरके शर्मासँगै गरे उम्मेदवारी घोषणा
-
सप्तरीको बनैनिया नाकाबाट तस्करी मौलाउँदै
-
अब स्थापित हुने राजसंस्थाले कुटनीतिक र प्रतिरक्षा हेर्नेछ – किरण

गाैरको सियापैलेस होटेलबाट डेढ दर्जन टिकटक स्टार प्रहरी नियन्त्रणमा
September 30, 2023
प्रेमचन्द्र झा राैतहट । होहल्ला गरेको आरोपमा प्रहरीले डेढ दर्जन टिकटक स्टारलाई नियन्त्रणमा लिई हिरासतमा राखेका छन ।जिल्ला प्रहरी कार्यालय…