ओली र अमेरिकी राजदूतबीच छलफल

काठमाडौं, ११ माघ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीबीच भेटवार्ता भएको छ ।
ओली निकट स्रोतका अनुसार मंगलबार दिउँसो ओली र बेरीबीच बालकोटमा भेटवार्ता भएको हो ।
प्रतिनिधि सभामा एमसीसी टेबल भएपछि त्यसबारेमा छलफल गर्न बेरी बालकोट पुगेका थिए । अब बस्ने बैठकमा एमसीसीबारे संसदमा छलफल गर्ने तयारी छ तर प्रतिपक्षी एमाले भने निरन्तर संसद अवरुद्ध गरिरहेको छ।
बेरीसँगको भेटवार्ता पछि ओली प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्ताका लागि बालुवाटार पुगेका थिए ।
बालुवाटारमा देउवाले ओलीलाई एमसीसी पास गर्न सहयोग गर्न आग्रह गरेका थिए । तर ओली भने संसदमा आफूहरुको प्रवेशका लागि माग सम्बोधन गर्नु पर्ने अडान राखेका छन् ।

आव २०७९/८० मा टिमुरको उत्पादनमा दोब्बरले कमी
September 21, 2023
दाङ । दाङमा टिमुरको उत्पादनमा कमी आएको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा आव २०७९/८० मा दोब्बरले टिमुरको उत्पादनमा…