कलाकार जयनन्द लामाको निधन

काठमाडौं  फागुन ११ ।वरिष्ठ लोकगायक जयनन्द लामाको निधन भएको छ । बुधबार बिहान भक्तपुरस्थित कौशलटारमा लामाको निधन भएको हो। कलाकार कृष्ण मल्लका अनुसार आज विहान २ बजे घर अगाडि गाडीबाट ओर्लिने क्रममा लामा लडेका थिए । सोही क्रममा उनको निधन भएको मल्लले जनरक्षालाई जानकारी दिए ।सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पाका लामाले एक सयभन्दा बढी चलचित्रमा अभिनय गरेका थिए । उनले कयौं टेलिश्रृखंलामा पनि अभिनय गरेका थिए । लामाले २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय यात्रा सुरू गरेका थिए। लामाका​कलकत्ते काइँयो, मुलाको चानालगायतका गीत नेपाली संगीत बजारमा चर्चित छन् ।

Facebook Comments Box
TOP
Shares