एमसीसी पास गर्न मोडालिटी बनाउँदै कांग्रेस–एमाले

काठमाडौं फागुन १२ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच एमसीसीलाई अघि बढाउनेसहितका मुख्य चार विषयमा ‘जेन्टल एग्रिमेन्ट’ भएको दाबी गरिएको छ ।प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा अमेरिकी सहयोग परियोजना संसद्बाट रणनीतिक योजनाबाट पास गर्नेसहितका विषयमा ‘वान टु वान’ वार्ता भएको थियो ।सो भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले सत्तारुढ दलमा नै एमसीसीका विषयमा फरक मत रहँदै गर्दा नै सरकारले संसद्मा एमसीसी टेबल गरेको र पास गर्नैपर्ने दबाब आफूमाथि रहेको भन्दै सहयोेगका लागि ओलीसँग आग्रह गरेका थिए ।यो समाचार आजको राजधानी दैनिकमा छ ।

Facebook Comments Box
TOP