प्रतिनिसभाको आजको बैठक स्थगित

काठमाडौं फागुन १३ । प्रतिनिधिसभाको आज बैठक पनि स्थगित भएको छ ।
बिहीबारको बैठक प्रधानमन्त्री शेर बहादुर देउवाले माओवादीले मतविभाजन मागेर सरकारको प्रस्ताव असफल बनाउने सूचना पाएपछि स्थगित गराएका थिए ।
सरकारले बैठक आइतबारसम्मका लागि स्थगित गर्न सभामुख अग्नि सापकोटालाई आग्रह गरेको बताईएको छ ।
केहीबेरपछि सूचना टाँस हुने बताईएको छ । बिहीबार पनि दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर अन्तिम समयमा स्थगित गरिएको थियो ।
अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेवल भएपछि राजनीतिक दलहरु विपरित ध्रुवमा बाढिएका छन् ।
दलहरु एमसीसी पास गर्ने विषयमा एकमत नभएपछि त्यसलाई कसरी पास गराउने भन्नेमा गृहकार्यमा सरकार लागिपरेको छ भने सरकार तथा संसदमा रहेको माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी त्यसको विपक्षमा रहेको छ । यता निरन्तर संसद अवरुद्ध गर्दै आइरहेको प्रमुख प्रतिपक्षी दल एमालेले एमसीसी परियोजनाबारे स्पष्ट धारणा सार्वजनिक गरेको छैन ।
-
धमाधम विदेशिँदै नेपालीः उनीहरुलाई देशमै रोक्न सरकारसँग छैन् कुनै रणनीति !
-
अनुचित लेनदेन गर्ने मनिकलाल पक्राउ
-
एनआरएनए उपाध्यक्षमा खगेन्द्र न्यौपाने : कतारबाट अध्यक्षका प्रत्याशी आरके शर्मासँगै गरे उम्मेदवारी घोषणा
-
सप्तरीको बनैनिया नाकाबाट तस्करी मौलाउँदै
-
अब स्थापित हुने राजसंस्थाले कुटनीतिक र प्रतिरक्षा हेर्नेछ – किरण

गाैरको सियापैलेस होटेलबाट डेढ दर्जन टिकटक स्टार प्रहरी नियन्त्रणमा
September 30, 2023
प्रेमचन्द्र झा राैतहट । होहल्ला गरेको आरोपमा प्रहरीले डेढ दर्जन टिकटक स्टारलाई नियन्त्रणमा लिई हिरासतमा राखेका छन ।जिल्ला प्रहरी कार्यालय…