काठमाडौँलगायत देशका विभिन्न ठाउँमा बर्डफ्लु

काठमाडौं ।काठमाडौँलगायत देशका विभिन्न ठाउँमा बर्डफ्लु देखिन थालेपछि त्यसको नियन्त्रणका लागि सरकारले प्रयास गरिरहेको छ । पशु सेवा विभागमा शुक्रबार केन्द्रीय बर्डफ्लु रोग नियन्त्रण समन्वय समितिको आकस्मिक बैठक बसेको थियो । सो बैठकले विभिन्न ठाउँमा देखिएको बर्डफ्लु रोगलाई कसरी नियन्त्रण गर्ने तथा विज्ञ कसरी परिचालन बारेमा निर्णय गरेको विभागका महानिर्देशक डा। लेखराज दाहालले जानकारी दिए ।
विभिन्न ठाउँबाट आएको नमुना परीक्षण गर्दा सिन्धुपाल्चोक, कास्की, उदयपुर र लमजङमा बर्डफ्लु भएको पुष्टि भएको छ । समितिले सङ्क्रमण देखिएको ठाउँमा तत्कालै आकस्मिक रोग अन्वेषण कार्यदललाई पठाउने निर्णय भएको विभागका प्रवक्ता डा। चन्द्र ढकालले बताए ।बर्डफ्लु रोग नियन्त्रण नियमावलीअनुसार त्यसको नियन्त्रण गर्ने उनले बताए । विभागका प्रवक्ता ढकालका अनुसार कास्की, लम्जुङ, सिन्धुपाल्चोक, उदयपुरलगायत बर्डफ्लु रोगको आशङ्का भएको ठाउँबाट नमुना सङ्कलन गरी केन्द्रीय प्रयोगशालामा पठाइएको थियो । त्यहाँ नमुना परीक्षण हुँदा बर्डफ्लु देखिएपछि समितिको बैठक बसेको थियो । बिहीबार चितवनमा बर्डफ्लु फेला परेको थियो भने त्यसअघि मोरङ र त्यसपछि काठमाडौँको दुई–तीन ठाउँमा बर्डफ्लु रोग देखिएको थियो । त्यसलाई चार किल्ला कायम गरी नियन्त्रणमा लिने काम भएको उनले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

आव २०७९/८० मा टिमुरको उत्पादनमा दोब्बरले कमी
September 21, 2023
दाङ । दाङमा टिमुरको उत्पादनमा कमी आएको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा आव २०७९/८० मा दोब्बरले टिमुरको उत्पादनमा…