बैंकको एटिएम फोर्दै गरेको अवस्थामा पक्राउ

काठमाडौं फागुन १६ ।काठमाडौं महानगरपालिका-१ नक्साल भगबतीबहालस्थित सगरमाथा इन्स्युरेन्स भबनमा रहेको एनआइसि एसिया बैंकको एटिएमबाट नगद चोरी गर्न एटिएम फोर्दै गरेको अवस्थामा सानोगौचरण बस्ने काभ्रे धुलिखेल नगरपालिका-७ घर भएका २१ वर्षीय आकाश तामाङलाई गएराति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले आकाशलाई एटिएम फोर्न प्रयोग गर्ने औजार सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
Facebook Comments Box

आव २०७९/८० मा टिमुरको उत्पादनमा दोब्बरले कमी
September 21, 2023
दाङ । दाङमा टिमुरको उत्पादनमा कमी आएको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा आव २०७९/८० मा दोब्बरले टिमुरको उत्पादनमा…