मृगको मासु सहित दिलबहादुर पक्राउ

संखुवासभा फागुन १६ । चैनपुर नगरपालिका-७ वालेश्वर जंगलबाट १ थान भरुवा बन्दुक र मारेको मृग सहित सोही नगरपालिका-७ फलाटे बस्ने सभापोखरी गाउँपालिका-४ घर भएका ३५ वर्षीय दिल बहादुर श्रेष्ठलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उक्त जंगलमा जंगली जनावरको सिकार हुँदै छ भन्ने सूचनाको आधारमा अस्थाई प्रहरी पोष्ट पिलुवा खोलाबाट खटिएको प्रहरीले दिल बहादुरलाई मृग मारी घरतर्फ लैजान लागेको अवस्थामा पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
Facebook Comments Box

यस्तो रहनेछ आजको मौसम
October 1, 2023
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल पश्चिम बङ्गाल र आसपासको क्षेत्रमा रहेको…