भिजिट भिसामा नयाँ नियम लागू गर्दै सरकार

काठमाडौँ फागुन १९ ।।सरकारले भिजिट भिसामा विदेश जान कम्तिमा पनि हरेक वर्षमा १० लाख आम्दानी हुनुपर्ने प्रावधान ल्याउने तयारी गरेको छ । भिजिट भिसा र सोबाट सिर्जित समस्या तथा समाधानका उपायहरू सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलले प्रावधानमा त्यस्तो व्यवस्था हुनुपर्ने उल्लेख गरेको हो ।
कार्यक्रममा कार्यदलका संयोजक गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार यो प्रतिवेदन कार्यविधि बनाएपछि कार्यान्वयनमा आउनेछ । प्रतिवेदनमा आम्दानी सँगसँगै कम्तिमा ५ लाख नगद मौजदात हुनुपर्ने प्रावधानसमेत उल्लेख गरिएको छ ।
Facebook Comments Box

आव २०७९/८० मा टिमुरको उत्पादनमा दोब्बरले कमी
September 21, 2023
दाङ । दाङमा टिमुरको उत्पादनमा कमी आएको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा आव २०७९/८० मा दोब्बरले टिमुरको उत्पादनमा…