अवैध लागूऔषध सहित ४ जना पक्राउ

मोरङ फागुन २० , बेलबारी नगरपालिका-४ बेतना सिमसारबाट करिब ५ केजी अवैध लागूऔषध सहित ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बेलबारी नगरपालिका-१ बस्ने १९ वर्षीय गोबिन्द बिक, १९ वर्षीय मुस्कान राई, धनकुटा आखिसल्ला घर भएका ३३ वर्षीय केशरमान राई र धनकुटा महाभारत घर भएका २८ वर्षीय मनोज राई रहेका छन् ।

उक्त स्थानमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट छुट्टाछुट्टै समयमा खटिएको प्रहरीले जाँच गर्नेक्रममा गोबिन्द र मुस्कानको साथबाट करिब १ केजी गाँजा तथा को.२ ह ३२१५ नम्बरको अटोमा सवार अटोचालक केशरमान र मनोजलाई करिब ४ केजी अवैध लागूऔषध गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको  छ ।

Facebook Comments Box
TOP