कपन बाट कौडा खेलिरहेको अवस्थामा १३ जना पक्राउ

काठमाडौं फागुन २० । काठमाडौं महानगरपालिका-६ रामहिटीस्थित प्रेम बहादुर भण्डारीको घरमा कौडा खेलिरहेको अवस्थामा प्रेम बहादुर समेत १३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अधिकाँँस नियमित जुवाडे भएको बुझिएको छ।

उक्त घरको तेस्रो तलामा जुवातास खेलाइरहेको भन्ने सूचनाको आधामा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ९७ हजार रुपैयाँ र १९ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत बौद्व का डिएसपी ढुन्डीराज न्यौपाने ले बताएक छन  ।

Facebook Comments Box
TOP
Shares