रोकिएन सुन तस्करी

काठमाडौं फागुन २१ । पछिल्लो समय त्रिभुवन विमानस्थलबाट कर्मचारीकै मिलेमतोमा सुन तस्करी हुने गरेको पाइएको छ । कर्मचारीको मिलेमतोमा वैदेशिक रोजगारबाट फर्किने कामदार तथा विदेशी पर्यटकले समेत सुन तस्करी गरेको पाइएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख महेशकुमार भट्टराईले पछिल्लो तीन महिनामा मात्र गैरकानुनी रूपमा भित्रिएको २४० केजी सुन बरामद गरिएको जानकारी दिनुभयो । गत मङ्सिर ११ गते निर्देशिका जारी गरी १३ गतेदेखि भन्सार कार्यालयले विशेष अपरेसन थालेको थियो । पहिलो दिन नै २१ केजी सुन भन्सारका कर्मचारीले नियन्त्रणमा लिएका थिए तर त्यो क्रम रोकिएको छैन ।गत शनिबार एक किलो १६५ ग्राम सुन तस्करीमा संलग्न भएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका नायब सुब्बा लक्ष्मण हुमागाईंलाई प्रहरीले पक्राउ गरेको छ । सुनसरी जिल्ला इटहरीका कमल घिमिरेले दुबईबाट ल्याएका १० वटा सुनका सिक्री हुमागाईंले भन्सार छलेर बाहिर पठाउँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको थियो ।यस्तै गत माघ २९ गते चार केजी ८४० ग्राम सुनसहित चिनियाँ नागरिक झाङ ली भन्सार पार गरेपछि पक्राउ परेका थिए । हिमालयन एयरलाइन्सको दुबई उडानमा आएका लीले समेत सेटिङ मिलाएर सुन ल्याएको बारे अनुसन्धान भइरहेको छ । उनी ३०औँ पटक नेपाल आएको पाइएको छ । विमानस्थल प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७४/७५ मा १७ केजी ३३८ ग्राम, २०७५/७६ मा २७ केजी ११ ग्राम, २०७/७७ मा साढे तीन केजी र २०७७/७८ मा ३२ केजी तथा चालू आव २०७८/७९ मा मात्र १९ केजी तस्करीको सुन विमानस्थल प्रहरीले बरामद गरेको छ ।यो समाचार गोरखापत्र दैनिकबाट साभार गरिएको हो ।
-
धमाधम विदेशिँदै नेपालीः उनीहरुलाई देशमै रोक्न सरकारसँग छैन् कुनै रणनीति !
-
अनुचित लेनदेन गर्ने मनिकलाल पक्राउ
-
एनआरएनए उपाध्यक्षमा खगेन्द्र न्यौपाने : कतारबाट अध्यक्षका प्रत्याशी आरके शर्मासँगै गरे उम्मेदवारी घोषणा
-
सप्तरीको बनैनिया नाकाबाट तस्करी मौलाउँदै
-
अब स्थापित हुने राजसंस्थाले कुटनीतिक र प्रतिरक्षा हेर्नेछ – किरण

गाैरको सियापैलेस होटेलबाट डेढ दर्जन टिकटक स्टार प्रहरी नियन्त्रणमा
September 30, 2023
प्रेमचन्द्र झा राैतहट । होहल्ला गरेको आरोपमा प्रहरीले डेढ दर्जन टिकटक स्टारलाई नियन्त्रणमा लिई हिरासतमा राखेका छन ।जिल्ला प्रहरी कार्यालय…