११२ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नारी सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं फागुन २२ । मन्जुश्री असाहय संरक्षण केन्द्रले ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा हिजो शनिबार विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याउने ५ जना नारीहरुलाई उत्कृष्ट अन्तर्राष्ट्रिय नारी सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा युवा व्यवसायी रन्जु तण्डुकार, जेष्ठ नागरिक मिना मोक्तान, समाजसेवी अभियन्ता बेबि राजभण्डारी, समाजसेवी रिमा सापकोटा र सञ्चारकर्मी कमला जोशी रहेको समाजसेवी तथा संस्था का सल्लाहाकार जानकी बज्राचार्यले जानकारी दिनुभयो ।
सम्मानित नारीहरुलाई कार्यक्रमका प्रमुख अतिथी बाग्मती प्रदेशका उपसभामुख राधिका तामाङ्गले सम्मान पत्रले सम्मान गर्नु भएको थियो । कार्यक्रमका बिशेष अतिथीमा ओरेक नेपालका अध्यक्ष डाक्टर रेनु राजभण्डारी र आफन्त नेपालका प्रमुख ईन्द्र राज भट्टराई हुनुहुन्थ्यो।
मन्जुश्री असाहय संरक्षण केन्द्रका महासचिव कमला अधिकारीले सञ्चालन गर्नु भएको कार्यक्रम मन्जुश्री असाहय संरक्षण केन्द्रका अध्यक्ष मिना बस्नेतको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रममा केन्द्रीय अध्यक्ष मन्जु खाँड लगायतका बक्ताहरुले आआफ्नो मन्तब्य राख्नु भएको थियो ।

आव २०७९/८० मा टिमुरको उत्पादनमा दोब्बरले कमी
September 21, 2023
दाङ । दाङमा टिमुरको उत्पादनमा कमी आएको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा आव २०७९/८० मा दोब्बरले टिमुरको उत्पादनमा…