बस्ती जोगाउन ढुंगा हटाउँदै सेना

नुवाकोट : २०७२ सालको भूकम्पले जोखिमपूर्ण बनाएको दुप्चेश्वर गाउँपालिका–१ नेगीस्थित भीमकाय ढुंगा नेपाली सेनाले हटाउन सुरु गरेको छ। भूकम्पले चिराचिरा पारेको नेगीगाउँमा उक्त ढुंगा खस्ने त्रास थियो।नेगीगाउँमा ४७ परिवार बस्छन्। ढुंगाको जोखिमका कारण स्थानीयले उक्त बस्ती सार्न माग गर्दै आएका थिए। भूकम्पले ढुंगा करिब एक हात सारेको र बस्तीमा खस्ने जोखिम रहेको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिह तामाङले बताए। उक्त ढुंगा मानव बस्तीभन्दा पाँच सय मिटरमाथि छ।ढुंगा हटाउन हाल संघीय सरकारले २५ लाख र बागमती प्रदेश सरकारले २० लाख रुपैयाँ बजेट निकासा गरेको गाउँपालिका अध्यक्ष तामाङले बताए। ढुंगा फुटाउन आवश्यक उपकरण हेलिकप्टरमार्फत ल्याइसकिएको उनले जानकारी दिए। उक्त ढुंगा फुटाउन एक करोड रुपैयाँ आवश्यक पर्ने र नपुग रकम गाउँपालिकाबाट खर्च गरिने अध्यक्ष तामाङले बताए। अन्नपूर्णपोस्टबाट
-
धमाधम विदेशिँदै नेपालीः उनीहरुलाई देशमै रोक्न सरकारसँग छैन् कुनै रणनीति !
-
अनुचित लेनदेन गर्ने मनिकलाल पक्राउ
-
एनआरएनए उपाध्यक्षमा खगेन्द्र न्यौपाने : कतारबाट अध्यक्षका प्रत्याशी आरके शर्मासँगै गरे उम्मेदवारी घोषणा
-
सप्तरीको बनैनिया नाकाबाट तस्करी मौलाउँदै
-
अब स्थापित हुने राजसंस्थाले कुटनीतिक र प्रतिरक्षा हेर्नेछ – किरण

गाैरको सियापैलेस होटेलबाट डेढ दर्जन टिकटक स्टार प्रहरी नियन्त्रणमा
September 30, 2023
प्रेमचन्द्र झा राैतहट । होहल्ला गरेको आरोपमा प्रहरीले डेढ दर्जन टिकटक स्टारलाई नियन्त्रणमा लिई हिरासतमा राखेका छन ।जिल्ला प्रहरी कार्यालय…