सालकको आखेटोपहार सहित १ जना पक्राउ

काठमाडौं, २३ फागुन

काठमाडौं महानगरपालिका-१३ सोल्टीदोबाटोबाट  २ थान संरक्षित वन्यजन्तु सालकको आखेटापार जस्तो देखिने बस्तु र १ थान  डिजिटल तराजु सहित काठमाडौं तारकेश्वर नगरपालिका-१० नेपालटार बस्ने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-३ घर भएका ४० वर्षीय गोपाल बानियाँलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा सालकको आखेटोपहार १२ लाख रुपैयाँमा बिक्री बितरण गर्न खोजिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त बस्तु र तराजु सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा महानगरीय प्रहरी वृत्त कालीमाटीबाट थप अनुसन्धान भइरहेको बताएको  छ ।

Facebook Comments Box
TOP
Shares