टाटासुमोको ठक्करबाट दुईजनाको मृत्यु

काठमाडौं, २४ फागुन । महोत्तरीको औरही नगरपालिका–४, कठुधारमा टाटासुमो (जीप)को ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ ।

मोटरसाइकल चालक महोत्तरीको गौशाला नगरपालिका–२ का २२ वर्षीय सञ्जित मण्डल र पछाडि सवार पर्साको साम्सी गाउँपालिका–१ का १२ वर्षीय धीरज मण्डलको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा जलेश्वरस्थित जिल्ला अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

हिजो बेलुका करिब साढे ७ बजे प्रदेश २–०२–००१ च ८४१ नम्बरको टाटासुमोले ‘अनटेस्ट’ लेखिएको मोटरसाइकललाई ठक्कर दिएको थियो । उक्त टाटासुमोसहित चालकलाई इलाका प्रहरी कार्यालय गाौशालाले नियन्त्रणमा लिएको छ ।

Facebook Comments Box
TOP
Shares