तास खेलिरहेको अवस्थामा ४ जना पक्राउ

कैलाली फागुन २४ , धनगढी उपमहानगरपालिका-४ बोराडाडी बस्ने शेर सिह ठगुन्नाको किराना पसलमा तास खेलिरहेको अवस्थामा ठगुन्ना सहित ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त पसलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३२ हजार २ सय ५० रूपैयाँ र १ थान चेक सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेकोबताएको छ ।
Facebook Comments Box

आव २०७९/८० मा टिमुरको उत्पादनमा दोब्बरले कमी
September 21, 2023
दाङ । दाङमा टिमुरको उत्पादनमा कमी आएको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा आव २०७९/८० मा दोब्बरले टिमुरको उत्पादनमा…