भागेर टर्की पुगे २० हजार युक्रेनी

अंकारा (सिन्ह्वा) : युक्रेनमा रूसले सैन्य हमला गरेपछि त्यहाँका नागरिक भागेर बिदेसिएका छन्। त्यस क्रममा २० हजार जनाभन्दा बढी युक्रेनी नागरिक टर्की पुगेका छन्। टर्कीका अधिकारीले दिएको जानकारीअनुसार फेब्रुअरी २४ देखि आइतबारसम्ममा युक्रेनबाट भागेर २० हजार ५ सय ५० जना नागरिक टर्की पुगेका छन्। रूसले युक्रेनमा फेब्रुृअरी २४ मा सैन्य हमला गरेको थियो। त्यसपछि आक्रमणको त्रासले यहाँबाट नागरिक भाग्ने क्रम सुरु भएको थियो। टर्कीको आन्तरिक मामिलासम्बन्त्री मन्त्रालयका अनुसार हाल युक्रेनी नागरिकलाई टर्की प्रवेश गर्न प्रवेशाज्ञा नचाहिने भएको छ। उनीहरू राहदानी तथा परिचयपत्रका आधारमा त्यहाँ प्रवेश गर्न सक्ने भएका छन्।

आव २०७९/८० मा टिमुरको उत्पादनमा दोब्बरले कमी
September 21, 2023
दाङ । दाङमा टिमुरको उत्पादनमा कमी आएको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा आव २०७९/८० मा दोब्बरले टिमुरको उत्पादनमा…