अवैध लागूऔषध सहित पक्राउ

पाल्पा फागुन २६ , रिप्दीकोट गाउँपालिका-२ दमकबाट सोही नगरपालिका-२ हल्लन चोक डेरा गरी बस्ने बागलुङ, बागलुङ नगरपालिका-८ घर भएका २३ वर्षीय सञ्जय नेपालीलाई नियन्त्रित लागूऔषध २७ एम्पुल डाईजेपाम, २६ एम्पुल प्रोमथजन र २७ एम्पुल नुर्फिन सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हार्थोकबाट खटिएको टोलीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१ धम्बोझीमा माही किराना पसल संचालन गरी बस्ने सकिल कुरेसिलाई ४ ग्राम ९ सय मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित बुधबार दिउँसो प्ररहीले पक्राउ गरेको छ । उनको पसलमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको बताएको छ ।

Facebook Comments Box
TOP