प्रतिबन्धित भारतीय रूपैयाँ सहित २ जना पक्राउ

काठमाडौं फागुन २७। अवैध रूपमा लुकाई छिपाई लैजान लागेको नेपालमा प्रतिबन्धित २ हजार दरको ४ थान र ५ सय दरको ५ सय ७३ थान गरी जम्मा २ लाख ९४ हजार ५ सय भारतीय रूपैयाँ सहित २ जना थाई नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा राहदानी नम्बर एबि २८७६४६६ वाहक ३२ वर्षीया WANWISA JANTASAN र राहदानी नम्बर एबि २८७९४३० वाहक ४१ वर्षीया WARAPORN KHUNSOMBAT रहेका छन् । भिस्टारा एयरलाईन्सको उडानद्धारा काठमाडौंबाट भारतको दिल्ली जान लागेका उनीहरूलाई एक्सरे मेसिनमा प्रहरीले जाँच गर्ने क्रममा उक्त प्रतिबन्धित भारतीय रूपैयाँ फेला पारेको हो । उनीहरूमध्ये WANWISA को साथबाट १ लाख ७९ हजार ५ सय तथा WARAPORN को साथबाट १ लाख १५ हजार गरी जम्मा २ लाख ९४ हजार ५ सय भारतीय रूपैयाँ फेला परेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको  छ ।

Facebook Comments Box
TOP