सुनको सिक्री चोरी गरी भाग्दै गरेका २ जना प्रहरीद्वारा पक्राउ

बर्दिया फागुन २७ , बढैयाताल गाउँपालिका-८ शितलाबजारमा सोही गाउँपालिका-८ कण्ठपुर बस्ने ४८ वर्षीया महिलाको सुनको सिक्री चोरी गरी भाग्दै गरेको अवस्थामा २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पर्सा रानीघाट नगरपालिका-२० बस्ने २१ वर्षीय राकेश सिह राठौर र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् । उक्त बजारमा लागेको हाटबजारमा तरकारी किन्दै गरेको अवस्थामा २ जना अज्ञात व्यक्तिहरुले महिलाले घाँटीमा लगाएको सिक्री तानेर भागेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी शितलाबजारबाट तत्काल खटिएको प्रहरीले उनीहरूलाई भाग्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
उनीहरू उपर चोरी सम्बन्धि कसूर मुद्दामा थप अनुसन्धान भइरहेको बताएको छ ।

आव २०७९/८० मा टिमुरको उत्पादनमा दोब्बरले कमी
September 21, 2023
दाङ । दाङमा टिमुरको उत्पादनमा कमी आएको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा आव २०७९/८० मा दोब्बरले टिमुरको उत्पादनमा…