कोरिया पठाउन नौ हजार ६५४ जनाको आवेदन खुला गरिँदै

काठमाडौं । नेपाल सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कामदार दक्षिण कोरिया पठाउन नौ हजार ६५४ जनाको आबेदन खुला गर्ने भएको छ।बैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले सोमबार सार्वजनिक सूचना प्रकाशन गरी आवेदन माग गर्ने जनाएको हो । सो शाखाका अनुसार २०२२-२०२३ मा दक्षिण कोरियाले उत्पादनतर्फ छ हजार २१४ हजार र कृषि तथा पशुपालनतर्फ दुई हजार ७४१ अमिक लैजाने भएका छन् । एक व्यक्तिले एउटा क्षेत्रमा मात्रै आबेदन दिन पाउने व्यवस्था छ। जुन क्षेत्रका लागि परीक्षा आवेदन फाराम भरेको हो भाषा परीक्षा उत्तीर्ण भएपछि त्यही क्षेत्रमा मात्र रोजगार आबेदन फाराम भर्नुपर्नेछ। यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
Facebook Comments Box

आव २०७९/८० मा टिमुरको उत्पादनमा दोब्बरले कमी
September 21, 2023
दाङ । दाङमा टिमुरको उत्पादनमा कमी आएको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा आव २०७९/८० मा दोब्बरले टिमुरको उत्पादनमा…