संकटा मन्दिर , धार्मिक तिर्थस्थल

फागुन ३०,काठमाडौँ । संकटा मन्दिर संकटा देवीको प्रसिद्ध मन्दिर हो । यो मन्दिर टेबहाल न्यूरोड काठमाडौंमा अवस्थित छ । संकटा मन्दिरको पहिलो तल्लामा संकटा देवी अवस्थित छन् भने तल्लो तलामा करुणामई अवस्थित छन् । हिन्दु धर्मावलम्बीहरुले संकटालाई दूर्गाको रुप मान्ने गर्दछन् ।बुद्ध धर्मावलम्बीहरु यसलाई पद्मानट भैरवका रुपमा श्रद्धापूर्वक हेर्ने गर्दछन् । खासगरी शनिबारको दिन संकटा मन्दिरको दर्शन गरी पूजाआजा गरेमा आफूमा आई परेका संकट हट्ने, कार्य सिद्धी हुने, रोग ब्याधी नलाग्ने जन विश्वास छ ।भक्तजनहरुले शनिबारको दिन संकटा, महाकाल र लुमदीको दर्शन गर्ने प्रचलन छ । मल्लकालीन राजा नरेन्द्र देवको पालामा एकजना बुद्धिष्ट गुरु बन्धुरत्न बज्रचार्यले तान्त्रिक विधिबाट संकटा र योगिनीलाई बोलाएका र त्यस बेलादेखि नै यहाँ पूजा गर्न सुरु गरिएको इतिहासमा उल्लेख छ ।
संकटा मन्दिरको निर्माण भने राजा गुणाकामा देवको पालामा भएको थियो । आजसम्म पनि प्रत्येक १२ वर्षमा संकटा र योगिनी चोभारका बीचमा संयुक्त रुपमा पूजा गर्ने प्रचलन छ । इतिहासकारहरुका अनुसार संकटालाई आसामको कमरवया भन्ने ठाउँबाट यहाँ ल्याएर स्थापित गरिएको हो ।
-
धमाधम विदेशिँदै नेपालीः उनीहरुलाई देशमै रोक्न सरकारसँग छैन् कुनै रणनीति !
-
अनुचित लेनदेन गर्ने मनिकलाल पक्राउ
-
एनआरएनए उपाध्यक्षमा खगेन्द्र न्यौपाने : कतारबाट अध्यक्षका प्रत्याशी आरके शर्मासँगै गरे उम्मेदवारी घोषणा
-
सप्तरीको बनैनिया नाकाबाट तस्करी मौलाउँदै
-
अब स्थापित हुने राजसंस्थाले कुटनीतिक र प्रतिरक्षा हेर्नेछ – किरण

गाैरको सियापैलेस होटेलबाट डेढ दर्जन टिकटक स्टार प्रहरी नियन्त्रणमा
September 30, 2023
प्रेमचन्द्र झा राैतहट । होहल्ला गरेको आरोपमा प्रहरीले डेढ दर्जन टिकटक स्टारलाई नियन्त्रणमा लिई हिरासतमा राखेका छन ।जिल्ला प्रहरी कार्यालय…