यात्रुवाहक बस पल्टिदा २ जनाको मृत्यु ९ घाइते

मकवानपुरको मनहरीमा यात्रुवाहक बस दुर्घटना हुँदा २ जनाको घटना स्थलमा नै मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको बा ४ ख ४४५४ नम्बरको यात्रुवाहक बस मनहरी गाउँपालिका वडा नम्बर–६ सुनाचुरी भुल चोकमा दुर्घटना भएको एलाका प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।प्रहरीका अनुसार बस अनियन्त्रित भइ पल्टिएर दुर्घटना भएको हो । इलाका प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी टोली परिचालित भइ गद्दारको काम भइरहेको प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिए ।उनले तत्काल क्षतिको एकीन गर्न समस्या भएको र बसमा कति यात्रु थिए भन्ने बारेमा पनि जानकारी भइनसकेको बताए । दुर्घटनाको प्रारम्भिक अवस्था र घाइतेको अवस्था बुझ्दा मृतकको संख्या बढ्न सक्ने उनको भनाई छ । घाइते ९ जनाको उद्दार गरी उपचारका लागि चितवन तर्फ पठाइएको उनले बताए । घटनाबारे थप विवरण आउन बाँकी रहेको उनको भनाई छ ।
-
धमाधम विदेशिँदै नेपालीः उनीहरुलाई देशमै रोक्न सरकारसँग छैन् कुनै रणनीति !
-
अनुचित लेनदेन गर्ने मनिकलाल पक्राउ
-
एनआरएनए उपाध्यक्षमा खगेन्द्र न्यौपाने : कतारबाट अध्यक्षका प्रत्याशी आरके शर्मासँगै गरे उम्मेदवारी घोषणा
-
सप्तरीको बनैनिया नाकाबाट तस्करी मौलाउँदै
-
अब स्थापित हुने राजसंस्थाले कुटनीतिक र प्रतिरक्षा हेर्नेछ – किरण

गाैरको सियापैलेस होटेलबाट डेढ दर्जन टिकटक स्टार प्रहरी नियन्त्रणमा
September 30, 2023
प्रेमचन्द्र झा राैतहट । होहल्ला गरेको आरोपमा प्रहरीले डेढ दर्जन टिकटक स्टारलाई नियन्त्रणमा लिई हिरासतमा राखेका छन ।जिल्ला प्रहरी कार्यालय…