लागूऔषध सहित २ जना पक्राउ

बर्दिया चैत ४ , बढैयाताल गाउँपालिका-८ कण्ठपुरबाट करिब ८० ग्राम ५ सय ३० मिलिग्रम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत घर भएकी २५ वर्षीया सबिना साई र भारत घर भएका २७ वर्षीय सदाम साई रहेका छन् । प्रहरी चौकी कालिका बर्दियाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई जाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
रूपन्देही, बुटवल उपमहानगरपालिका-१९ पत्थरगंज बस्ने ३२ वर्षीय खिम क्षेत्रीलाई करिब ३ ग्राम ७ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
धनुषा, शहिदनगर नगरपालिका-३ यदुकुवाबाट करिब ९ केजी अवैध लागूऔषध गाँजा सहित सबैला नगरपालिका-१३ किरतपुर बस्ने ३२ वर्षीय संतोष कुमार यादवलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्र.२-०२-००४ प ११४७ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय यदुकुवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक यादवलाई उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यस्तो रहनेछ आजको मौसम
October 1, 2023
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल पश्चिम बङ्गाल र आसपासको क्षेत्रमा रहेको…