जुवातास खेलिरहेको अवस्थामा दोर्जे सहित २९ जना पक्राउ

काठमाडौं चैत ६ । महानगरपालिका-१५ कारखाना चोकस्थित मन्जुश्री यातायात प्रालिको बस ग्यारेजबाट जुवातास खेलिरहेको अवस्थामा काठमाडौं नागार्जुन नगरपालिका-२ गौरीगाउँ बस्ने सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका-२ घर भएका ४९ वर्षीय दोर्जे तामाङ लगायत ८ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ६१ हजार रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका-९ शम्भूमार्गस्थित ४५ वर्षीय पशुपति राईको न्यौपाने खाजा घरभित्र जुवातास खेलिरहेको अवस्थामा राई लगायत १० जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त गौशलाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४० हजार ९ सय रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
ललितपुर, ललितपुर महानगरपालिका-८ सुन्धारा डेरा गरी बस्ने रजित महर्जनको कोठामा जुवा खेलिरहेको अवस्थामा सोही महानगरपालिका-८ सुन्धारा बस्ने श्याम महर्जन लगायत ११ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुर र महानगरीय प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख ९८ हजार ८ सय ४५ रूपैयाँ, कौडा २२ थान, पासा खेल्न प्रयोग हुने लामो गोटी ३ थान, सानो गोटी १६ थान र पासा खेल्न प्रयोग हुने थर्पु कपडा १ थान सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
-
धमाधम विदेशिँदै नेपालीः उनीहरुलाई देशमै रोक्न सरकारसँग छैन् कुनै रणनीति !
-
अनुचित लेनदेन गर्ने मनिकलाल पक्राउ
-
एनआरएनए उपाध्यक्षमा खगेन्द्र न्यौपाने : कतारबाट अध्यक्षका प्रत्याशी आरके शर्मासँगै गरे उम्मेदवारी घोषणा
-
सप्तरीको बनैनिया नाकाबाट तस्करी मौलाउँदै
-
अब स्थापित हुने राजसंस्थाले कुटनीतिक र प्रतिरक्षा हेर्नेछ – किरण

गाैरको सियापैलेस होटेलबाट डेढ दर्जन टिकटक स्टार प्रहरी नियन्त्रणमा
September 30, 2023
प्रेमचन्द्र झा राैतहट । होहल्ला गरेको आरोपमा प्रहरीले डेढ दर्जन टिकटक स्टारलाई नियन्त्रणमा लिई हिरासतमा राखेका छन ।जिल्ला प्रहरी कार्यालय…