यूएईले दियो नेपाललाई २०३ रनको लक्ष्य
![](https://janarakshya.com/wp-content/uploads/2022/03/Nepali-Vs-UAE-cricakte1-768x466-1.jpg)
काठमाडौं, ७ चैत । आईसीसी विश्वकप क्रिकेट लिग टुमा अन्तर्गतको खेलमा आयोजक यूएईले नेपाललाई २०३ रनको लक्ष्य दिएको छ । दुबई क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २०२ रन जोड्यो ।
यूएईका लागि रोहन मुस्तफाले सर्वाधिक ६० रनको योगदान गरे । ओपनर मुहम्मद रिजवानले ३३ रन जोडे । त्यस्तै चिराग सुरीले २६ रन बनाउदा भृत्या अरविन्दले २४ रन जोडे ।
बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए ।
त्यस्तै करण केसी र सोमपाल कामीले समान दुई-दुई विकेट हात पारे । त्यस्तै आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिए ।
यूएईसँगको पहिलो खेलमा ४८ रनले पराजित भएको नेपाल आजको खेलमा जित निकाल्ने योजनामा छ । आजको खेलमा दुबै टोलीलाई दुई अंक महत्वपूर्ण छ । नेपाल र युएईबीच हालसम्मको नतिजा हेर्दा नेपाल कमजोर छ ।
पाँच एकदिवसीय खेल हुँदा नेपाल दुई खेलमा विजयी भएको छ भने यूएईले तीन खेलमा बाजि मारेको छ ।
समाज
थप सामाग्री![](https://janarakshya.com/wp-content/uploads/2024/07/bagmati_AkgBXAFPTS-468x300.jpg)
बढ्यो बागमतीको मन्त्रीमण्डल सङ्ख्या, १३ मन्त्रालयमा १४ मन्त्री नियुक्त
July 27, 2024
1.4kViews 220 Shares Share on Facebook Share on Twitter काठमाडौँ । बागमती प्रदेश सरकारको मन्त्रीमण्डल सङ्ख्या बढाइएको छ । प्रदेशको…