विमानस्थलमा गम्भीर प्राविधिक समस्या विहानैदेखि सबै उडान तथा अवतरण ठप्प

काठमाडौं चैत १० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्थामाथि प्रश्न उठीरहेका बेला आज विहान सबेरैदेखि सबै उडान तथा अवतरण ठप्प भएका छन् । गम्भीर प्राविधिक समस्या अर्थात टेक्नीकल प्रोवोलमका कारण उडान तथा अवतरण कार्य ठप्प भएको स्रोतले जानकारी दिएको छ ।
त्रिभुवन विमानस्थल कार्यालयका प्राविधिक कर्मचारी समस्या सामाधानका लागि प्रयत्नरत रहेको बताइएता पनि समस्या सामाधान कतिबेला सम्म भइसक्ला भन्ने टुंगो छैन । विमानस्थलस्थित सुरक्षा स्रोेतले विमान उडान अवतरण नभएको जानकारी दिएता पनि के कस्तो समस्या हो भन्ने बारेमा आफूहरुलाई विमानस्थल कार्यालयले कुनै जानकारी नदिएको बताए । विहान सबेरै देखि विमान उडान नभएका कारण विमानस्थलमा यात्रुहरुको ठूलो घुइँचो लागेको छ । आआफ्ना विमान चढेर गन्तब्यमा पुग्ने यात्रुलाई विमान सेवाका कर्मचारीले जहाज डीले भइरहेको मात्र जानकारी दिएका छन्, के कारणले डीले भइरहेको हो भन्ने बारेमा उनीहरुले पनि मुख खोलेका छैनन् ।
ठाकुरले विमानस्थल प्रमुखको जिम्मेवारी सम्हाले यता पटक पटक यस्ता समस्या निम्तिरहेको बताइएको छ । तर, मन्त्री एवम् मन्त्रालयकै उच्च पदस्थ कर्मचारीको समेत निगाहा भएकाले उनीमाथि अक्षमताको प्रश्न भने उठ्न दिइएको छैन ।
यस विषयमा हवाई प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्री तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलासँग सम्पर्क प्रयास सफल हुन सकेन ।
अनुभव विहीनलाई जिम्मेवारी दिइनुको कारण समस्या आइपरेको त्रिभुवन विमानस्थलस्थित विभिन्न निकायका कर्मचारीबीच गाईगुई चलिरहेको छ । कार्यालयका प्रमुख प्रेमनाथ ठाकुर अनुभवविहीन भएता पनि आर्थिक नजराना बुझाएर विमानस्थल प्रमुखको जिम्मेवारी प्राप्त गरेको बताइन्छ । उनले संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई आर्थिक प्रभावमा पारेर अनुभवी एवम् आफूभन्दा वरिष्ठलाई समेत पन्छाएर त्रिभुवन विमानस्थलको प्रमुखको पदमा बाजी मारेका थिए ।
पोखरा, भैरहवा, सिमराजस्ता बढी आर्थिक अनियमितता हुने विमानस्थल कार्यालयमा समेत प्रमुखका रुपमा काम गर्न पाएका प्रेमनाथ ठाकुर खान र खुवाउन माहिर मानिन्छन् । उनले छोटो समयमै करोडौं सम्पत्ती जोडेको स्रोतको दावी छ ।
स्मरणीय छ, केही हप्ता अघि मात्र त्रिभुवन विमानस्थल कार्यालय तथा त्यहाँ उपलब्ध अन्य सरकारी निकायकै कमजोरीका कारण एक व्यक्ति विना राहदानी तथा टिकट विमानसम्मै पुगेको घट्नाले पनि त्यहाँको सुरक्षा एवम् अन्य प्राविधिक पाटो कसरी चलिरहेको रहेछ पुष्टि हुन्छ ।

आव २०७९/८० मा टिमुरको उत्पादनमा दोब्बरले कमी
September 21, 2023
दाङ । दाङमा टिमुरको उत्पादनमा कमी आएको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा आव २०७९/८० मा दोब्बरले टिमुरको उत्पादनमा…