सुन व्यापारीको ठगी नियत, मिडीयटर पनि शाक्यकै पक्षमा भारतीय लगानीकर्ताको करोडौं लगानी क्वापल्वाक्कै ?

काठमाडौं चैत १३ । धन भनेपछि महादेवको पनि तेस्रो नेत्र खुल्थ्यो रे भने कलियुगका मानवको त नखुल्ने कुरै भएन ।
राजधानीका एक सुन व्यापारीले आफ्नै साझेदार रहेका भारतीय लगानीकर्ताको करोडौं रकम एक्लै पचाइदिने नियत पालेका छन् ।
न्यूरोडस्थित निलम गहना पसलका सञ्चालक सागर शाक्यले लामो समयदेखि आफ्नै पसलको साझेदार रहेका भारतीय लगानीकर्ता नरेश वर्मामार्फत खरिद गरिएको सुन, सुन व्यापारमा उनले गरेको लगानी र त्यस वापत भएको मुनाफा गरी झण्डै साढे बाह्र करोड रकम पचाइदिने नियत पालेका छन् ।
दुई साझेदारबीच लामो समयदेखि हिसावकितावमा विवाद भएपछि उक्त प्रकरण प्रहरीमा समेत पुगेको थियो ।
प्रहरीमा भएको छलफलका क्रममा गहना पसलका सञ्चालक सागर शाक्य, सोही पसलका साझेदार भनिएका भारतीय नागरिक नरेश वर्मा तथा मिडीयटरको भूमिकामा सुनचाँदी व्यापार सँघका अध्यक्ष मणिकरत्न शाक्य र शुरेश शाक्यले दुई पक्ष राखेर एक साताभित्र हिसावकिताव टुंग्याउने विश्वास प्रहरीलाई दिलाएका थिए ।
तर, एक साता बितिसक्दा समेत न त पसल सञ्चालकले आवश्यक हिसाव आफ्ना साझेदारलाई दिन चाहेको देखिन्छ, न त मिडीयटर भनिएकाहरुकै भूमिका स्पष्ट देखिन्छ ।
अन्तीम डेटलाइन भन्दै आज भएको लेनदेन विवाद अन्ततः त्यसै टुंगिएको छ । पसल सञ्चालक सागर शाक्यले दुई करोडसम्म तिर्न तयार देखिए पनि पिडीत दावी गर्ने उनका साझेदारले साढे १२ करोडबाट व्याज छाड्दा पनि आफूले ९ करोड पाउनै पर्ने दावी गरीरहेका छन् । यही विषयमा सञ्चालक सागर शाक्यसँग सम्पर्क गर्दा उनले भने, ‘यो सबै फोनमा भन्न मिल्दैन, म तपाईँलाई भेटेरै बताउँला ।
मिडीयटर भनाउँदा सुनचाँदी व्यापार सँघका अध्यक्ष समेत रहेका मणिकरत्न शाक्यले निष्पक्ष व्यवहार देखाउनु पर्नेमा शाक्यको पक्षमा उभिँदै पार्टनरशिप लिखितममा नभएको र मौखिक लगानी भएकाले मौखिकरुपमै विवाद टुंग्याउन भारतीय साझेदार नरेश वर्मालाई दबाब दिइरहेको स्रोतको दावी छ ।
छलफल भयो, टुंगोमा पुगिसकिएको छैन । व्यापारीक कारोबार, लेनदेनमा दुबै पक्षबीच मिस अन्डर स्ट्याण्डीड देखिएको छ । दुई जना एक ठाउँमा बसेर हिसाव गर्ने अवस्था नभएको र सहजकर्ताको आवश्यकता देखिएकाले यो प्रकरणमा जोडीएको हुँ, मिडीयटरको भूमिकामा रहेका माणिकरत्न शाक्यले भने ।
त्यसो त मिडीयटरको समेत साथ पाएका अर्थात् उनलाई समेत प्रभावमा पार्न सफल भएका निलम गहना पसलका सञ्चालक सागर शाक्यले साझेदारसँग कुरा भइरहेको बताउँदै भोलीसम्म छलफलले एउटा दिशा लिने बताए । उनको कुरा गराइमा साझेदारलाई पत्रमपुष्पम गरेर हिसाव टुंग्याइदिने नियत झल्कन्थ्यो ।
यस विषयमा खोजी जारी छ ।
यता, शुक्रबार यसै विषयमा समाचार प्रकाशित भएपछि प्रहरीका विभिन्न निकाय तथा सुन व्यापारीले समेत सुनमा लगानी गर्नेहरुको बारे चासो राखिरहेका देखिन्थे ।
सम्भवतः आज आइतबारको छलफलमा दुई पक्षबीच कुरा नमिलेपछि अब सुनमा गरिएको लगानी विवाद पुलिसमै पुग्ने देखिन्छ ।

साउदी अरबमा नेपालीलाई धमाधम एक्जिट भिसा
October 1, 2023
दोहा । गैरकानुनीरूपमा बसेका ७५ नेपालीलाई साउदी अरबले एक्जिट भिसा दिएको छ । रियादस्थित नेपाली दूतावासका अनुसार उद्धारका लागि बहिर्गमन…