निलम गहनाका साहु सागर शाक्यमाथि सीआईवी र सम्पत्ति शुद्धीकरण विभागको आँखा सुनको अवैध कारोबार गरेको आशंका

काठमाडौं चैत १५। न्यूरोडस्थित निलम गहना पसलका सञ्चालक सागर शाक्यमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग सीआईवी र सम्पत्ति शुद्धिकरण विभागको आँखा तानिएको छ ।
‘आफूले हानेको तिर आफैँतिर’ भनेजस्तो आफ्नै साझेदार रहेका भारतीय नागरिक नरेश वर्मासँग खरिद गरेको सुन, सुन पसलमा उसले गरेको लगानी र प्रफिटको हिसावकिताव लामो समयदेखि गर्न आनाकानी गर्दै उसको सम्पूर्ण प्रतिफलसहितको लगानी एक्लै ‘क्वापल्याक्कै’ पार्न खोजेपछि साझेदारबीचको लगानी विवाद सडकमा छताछुल्ल भएको हो ।
आफूले पाउनु पर्ने झण्डै साढे १२ करोड रकम नेपाली साझेदारले हिसाव दिन नखोजेपछि भारतीय साझेदार नरेश वर्मा भारतीय दूतावास गुहार्न पुगेका थिए । दूतावासकै समन्वयमा केन्द्रीय अनुसन्धान व्यूरोमा पुगेको सुनमा लगानी विवाद एकसाता भित्र मिलाउने सहमती सीआईवीमा भएको थियो । सीआईवीमा छलफल गर्न पुग्दा निलम गहना पसलका नेपाली सञ्चालक सागर शाक्य र भारतीय साझेदार नरेश वर्मासँगसँगै मिडीयटरका रुपमा सुनचाँदी व्यापार सँघका अध्यक्ष मणिकरत्न शाक्य र सुरेश शाक्य पनि थिए । मिडीयटरद्धय शाक्यले एकसाता भित्र अधिट गरिसक्ने र दुई पक्षबीच लेनदेन विवाद टुंग्याएर उनीहरुबीच समुधर सम्वन्धका साथ मिलापत्र गराउने प्रतिज्ञा सीआईवीमा गरेका थिए ।
तर, धन भनेपछि महादेवको पनि तेस्रो नेत्र खुल्छ भनेझँै भारतीय साझेदारले आफूले पाउनु पर्ने साढे १२ करोडको दावी सहितको प्रमाण प्रस्तुत गरिरँहदा नेपाली साझेदार सागर शाक्यले भने दुई करोड मात्र दिने अडान राखेका थिए । लगानीका सन्दर्भमा दुई पक्षबीच आआफ्नै अडान कायम रहीरहँदा मिडीयटरको जिम्मेवारी निभाउने प्रतिवद्धता जाहेर गरेका शाक्यद्धयले भने नेपाली साझेदार सागर शाक्यको प्रभावमा परेर ‘लगानी मौखिक सहमतीमा भएकाले मौखिक रुपमै मिल्नु पर्ने’ भन्दै भारतीय साझेदारलाई दबाब दिएका थिए ।
आईतबार दिनभर मिलापत्रका सन्दर्भमा छलफल भएता पनि दुई करोडबाट माथि जान सागर शाक्यले इन्कार गरेपछि वार्ता अलपत्र परेको हो । समाचार स्रोतका अनुसार बरु साझेदारलाई दिन तयार भएको दुई करोड रुपैया बाह्य व्यक्तिलाई खर्च गर्ने तर, भारतीय साझेदारलाई धम्की दिएर काठमाडौंबाट लखट्ने योजनामा सागर शाक्य रहेको बताइन्छ ।
उता, सुनको लगानीमाथि साझेदार-साझेदार बीच विवाद चलिरहँदा सम्पत्ति शुद्धीकरण विभागले निलम गहना पसल र त्यसका नेपाली सञ्चालकमाथि निगरानी बढाएको स्रोतले जानकारी दिएको छ । सम्पत्ति शुद्धीकरण विभागले सागर शाक्यसँग सुन पसलमा भएको लगानीका बारेमा सोधपुछ एवम् छानविनका लागि डाक्ने तयारी गरिरहेको बुझिएको छ भने यसअघि अवैध सुनको कारोबारमाथि ढोल बजाएर हात्ती लखटेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागले पनि उक्त पसलको सुन खरिद विक्रीको हिसावकिताव हेर्ने तयारी गरिरहेको छ । यदी खरिद-विक्रीको विवरण नमिलेको खण्डमा अवैध सुन खरिद गरेको आरोपमा पक्राउ गरेर अनुसन्धान गर्ने अवस्था पनि आउन सक्ने बताइएको छ ।
यता, निलम गहना पसलमा लगानीकर्ता बीचको आर्थिक विवाद सडकमा आएपछि आज दिनभरी न्यूरोडका सुन पसलमा त्यही चर्चा मात्र भइरहेको देखिन्थ्यो ।
समाज
थप सामाग्री
आज मंसिर १४ गते बिहीबारको राशीफल : दोलखा भिमसेनले रक्षा गरुन
November 30, 2023
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ– बाल्यावस्थाको स्मृतिमा वा कुनै पुरानो कुरामा मन अलमलिन सक्छ। पुराना विषयले…