रेल सेवा उद्घाटनको तयारी

काठमाडौं । लामो समयको पर्खाइपछि जयनगर–कुर्था रेलसेवा औपचारिक रूपमा   सञ्चालन हुने भएपछि उद्घाटन तयारीका लागि कर्मचारीहरू खटिएका छन् । औपचारिक रूपमा रेल सेवा उद्घाटन हुने मिति तय भएपछि  नेपाल रेल–वे कम्पनीका कर्मचारीहरू त्यसको तयारीमा जुटेका हुन् । सो   कम्पनीले खरिद गरेको करिब दुई वर्ष बित्नलाग्दा समेत रेल सञ्चालनमा  नहुँदा स्थानीय एवं रेलका कर्मचारी आत्तिएका थिए ।
तर, अब भने मिति तय भएपछि स्थानीय, व्यापारी कर्मचारी सबै खुसी भएका छन् । पटकपटक सञ्चालन हुने भनिए पनि सञ्चालनमा आउन   नसके रेल यही चैत ८ गते मङ्गलबार  सरकारको सिफारिसमा राष्ट्रपति  विद्यादेवी भण्डारीले रेल–वे अध्यादेश, २०७८ जारी गरेपछि  रेल–वे  कम्पनी रेल सेवा सञ्चालनका लागि जुटेको हो । ‘रेल सेवा सञ्चालनका लागि सम्पूर्ण तयारी फागुन १ गतेभन्दा पहिले नै भए पनि कानुन  अभावमा औपचारिक रूपमा सञ्चालन गर्न सकेका थिएनौँ । तर,  अध्यादेश जारीपछि भने उद्घाटन मिति तय भएको हो,’ नेपाल रेल–वे  कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले भने । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

Facebook Comments Box
TOP