विपद् व्यवस्थापन आधारभूत तालिम समापन
काठमाडौं चैत २० । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय विपद् व्यवस्थापन महाशाखा सामाखुशीमा संचालित २५ औं समूहको विपद् व्यवस्थापन आधारभूत तालिम समापन भएको छ ।
उक्त तालिम समापनका अवसरमा आइतबार आयोजित कार्यक्रमबीच सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्याम लाल ज्ञवालीले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो ।
उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक ज्ञवालीले विपद्को घडिमा नेपाल प्रहरीले सफलतापूर्वक गरेका उद्दार कार्यको चर्चा गर्दै दक्षता र क्षमतालाई सदुपयोग गरी थप उत्कृष्ट काम गर्न तालिममा सिकेका कुराले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
तालिम संयोजक प्रहरी उपरीक्षक अरुण पौडेलले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै जम्मा ४५ दिन कार्य अवधिको उक्त तालिममा प्रहरी नायव निरीक्षक १ जना, प्रहरी सहायक निरीक्षक ४ जना, प्रहरी हवल्दार १ जना र प्रहरी जवान २६ जना गरी जम्मा ३२ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।
समाज
थप सामाग्रीमाग्ने बूढाले मागे माफी
October 14, 2024
1.5kViews 374 Shares Share on Facebook Share on Twitter काठमाडौं । कलाकार केदार प्रसाद घिमिरे (माग्ने बुढाले) माफी मागेका छन्…