ग्याँस सिलिण्डर पड्किएर घर जल्दा ३ बालबालिकाको मृत्यु

सिन्धुपाल्चोक, २१ चैत । सिन्धुपाल्चोकमा खाना पकाउने ग्याँसको सिलिन्डर पड्किएर घरमा आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वाराका मिनबहादुर तामाङको घरमा आइतबार बेलुकी ७ बजे ग्याँस सिलिण्डर पड्किएर घरमा आगलागी हुँदा उनका १० वर्षीय छोरा इशाक, कुमार तामाङका ६ वर्षीय छोरा सरगम र छिमेकी पदम तामाङका साढे २ वर्षीया छोरी दिव्याको मृत्यु भएको हो । आगोमा जलेर उनीहरूको घरभित्रै मृत्यु भएको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । आगलागीमा मीनबहादुर पनि घाइते भएका छन् । उनको उपचार जारी छ ।
Facebook Comments Box

आव २०७९/८० मा टिमुरको उत्पादनमा दोब्बरले कमी
September 21, 2023
दाङ । दाङमा टिमुरको उत्पादनमा कमी आएको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा आव २०७९/८० मा दोब्बरले टिमुरको उत्पादनमा…