बिवाह गर्ने प्रलोभन देखाई ४२ लाख ३४ हजार रूपैयाँ ठगी

काठमाडौं चैत २३ । बिवाह गर्ने प्रलोभन देखाई करिब ४२ लाख ३४ हजार रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं धापासी बस्ने रामेछाप साँघुटार नगरपालिका-३ घर भएका ५२ वर्षीय नबिन भन्ने लोक बहादुर श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
बिवाह गर्ने प्रलोभन देखाई पीडितलाई बिश्वासमा पारी आफू बिरामी परेको भनी कहिले अस्पतालमा उपचार गर्न त कहिले झारफुक गर्नका लागि भन्दै आइएमई तथा सिटिएक्सप्रेस मार्फत पटक पटक गरी उक्त रकम पठाउन लगाई ठगी गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले ठगी गर्ने कार्यमा संलग्न श्रेष्ठलाई काठमाडौं बिशाल नगरबाट पक्राउ गरेको हो ।
उनलाई ठगी कसुर अन्तर्गत थप अनुसन्धानका लागि महानगरी प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

अझै रोकिएन सुन तस्करी, उच्च निगरानीमा उत्तरी नाका
October 1, 2023
काठमाडौं । २०७२ सालको भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि केरुङ नाका सञ्चालनमा आयो। तस्करहरूले नेपालमा सुन ल्याउन उक्त नाकाको…