लागुऔषध सहित फक्राउ

मकवानपुर चैत २७ , हेटौंडा उपमहानगरपालिका-७ नागस्वती बस्ने २२ वर्षीय सन्देश ब्लोनलाई नियन्त्रित लागुऔषध ट्रामा १ हजार ४० पिस, नाईट्राभेट ५ सय २५ ट्याब्लेट र कोरेक्स १० बोतल सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उनको घरमा लागुऔषध रहेको भन्ने सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट हरियाली र ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त परिमाणको लागुऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
Facebook Comments Box

आव २०७९/८० मा टिमुरको उत्पादनमा दोब्बरले कमी
September 21, 2023
दाङ । दाङमा टिमुरको उत्पादनमा कमी आएको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा आव २०७९/८० मा दोब्बरले टिमुरको उत्पादनमा…