देउराली ले गर्यो बचतकर्ता हरुको नाममा जग्गा पास

ललितपुर कार्तिक २०  । ललितपुरको सातदोबाटोमा केन्द्रीय कार्यलय रहि हाल मर्जर भएको सहित चारवटा शाखा सहित सञ्चालित देउराली बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो संस्था को नाममा रहेको जग्गा बचत कर्ता हरुको नाममा पास गरी दिएको छ। तरलता अभाब का कारण बिगत केहि महिनादेखि सदस्य हरुको ठुलो बचत रकम फिर्ता गर्न  नसकेको देउराली सहकारी संस्था ले सदस्यहरुलाई बचत को सट्टा जग्गा पास गर्नेकामको  शुरुवातगरेकोहो।

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस    (कोभिड – १९) ,  रुस – युक्रेन विच भएको  युद्धका कारण विश्व बजार मा देखिए को आर्थिक मन्दीका कारण नेपाल पनि अछुतो रहन सकेन ।जसको फल स्वरुप  बैंक तथा वित्तीय संस्था लगायत सहकारी क्षेत्रहरुमा पनि  ठुलो तरलता अभाव देखिएको थियो जसको कारण वितिय क्षेत्र हरुबाट बजारमा लगानी गरेको रकम फिर्ता नभएपछी   सहकारी संस्था हरुले  ठूलो  मारखेप्नु परेको थियो यस्तै मार पनि झेल्नुपरेको   थियोे  देउराली बहुउद्देश्यीय सहकारी संस्था ले ।जनता ले रातदिन दुख मेहनत गरेर जम्मा गरेको रकम जुनसुकै हालतमा भयपनी फिर्ता दिनुपर्छ त्यो पनि ब्याज सहित भन्ने कुरा राम्रो संग बुझेका देउराली सहकारी का सञ्चालकहरु र उद्दार भावना  ,कञ्चन भावनात्मक मन भएका सहकारीका  अध्यक्ष रबिन्द्र चौलागाई ले  केही समय अगाडि पत्रकार सम्मेलन गरि चालु पुजी रकमको अभावमा बचतकर्ता हरुलाइ जग्गा दिने बचन दिएका थिए । वचन का पक्का व्यक्ति को रुपमा पहिचान कमाए का अध्यक्ष चौलागाईंले  सहकारी समस्या मा परेपछि सकंट बाट उत्रन  केदार प्रसाद चौलागाई को संयोजकत्व मा  बचतकर्ता प्रतिनिधि कमिटि  बनाए  का थिए भने कमिटीकै सदस्य रहनु भएका कृष्ण प्रसाद कडेल, जीवन श्रेष्ठ र नकुल प्रसाद आचार्य को संयुक्त नाममा दर्ता गरेको गृहम विल्डर्स एण्ड कन्सल्ट्यान्टस को नाममा शुक्रबार नवलपरासीको जग्गा पास गरिदिएका छन।          चौलागाइले बचतकर्ताहरुको रकम फिर्ता गर्न कै लागि   आफ्नो व्यक्ति गत सात वटा कम्पनी  आर आर ग्रुप अफ कम्पनी      अन्तरगर्त संचालन भइरहेको   देउराली मल्टी पर्पोज को—अपरेटिभ प्रा.लि., श्री पूजा पोल्ट्री फार्म प्रा.लि., देउराली प्रोप्रटिज प्रा.लि., मुन भेन्चर इन्भेष्टमेन्ट प्रा.लि., अन्नपूर्ण डिस्टिलरी प्रा.लि., आरआर रिसर्च एण्ड डेभलपमेन्ट का सबै काम यथावत राखि सहकारी लाई तरलता को दलदल बाट कसरी मुक्ति दिने र बचतकर्ता हरु लाई  जति सक्दो छिटो रकम फिर्ता गर्न सकिन्छ भन्ने  ध्यले आफु देउराली मल्टी पर्पोज को—अपरेटिभ प्रा.लि को काममा तल्लीन रहेको अध्यक्ष चौलागाईंले बताए ।

सबै बचत कर्ताको रकम सुरक्षित होस् भनि जग्गा पास गर्ने समय भन्दा अगाडी रबिन्द्र चौलागाई ले ठुला बचत कर्ता हरुलाई बचतकर्ता प्रतिनिधि कमिटिको रोहबरमा वचत सुरक्षण बापत चेक दिएका थिए  भने साना बचत कर्ताहरुलाई आलोपालो दैनिक ५ हजार का दरले तिन वटै शाखा बाट बचत फिर्ता दिदै आइरहेको थिए ।

तरलता ब्यवस्थापन को लागि Loan Recovery मा पनि आक्रामक रुपमा लागि परेको  देउराली सहकारीले ठुला बचत कर्ताहरुको प्रतिनिधित्व गरेको बचतकर्ता प्रतिनिधि कमिटि ले आफ्नै नाममा दर्ता गरेको कम्पनीमा जग्गा पास पनि गरिसकेहो हुदा सहकारीको तरलता अभाव छिटै सहज हुने दिखिएको छ ।

संस्थाका अध्यक्ष रबिन्द्र चौलागाई का अनुसार सहकारी  हिजो जुन किसिमको अवस्था थियो त्यसलाइ बिस्तारै सहज अवस्थामा ल्यायको दाबि गर्दै सम्पूर्ण बचत कर्ताहरुको  बचत रकम जुनसुकै हालत मा पनि फिर्ता हुने त्यसको लागि सदस्यहरु स्वयम् ले सहयोग गर्नु पर्ने बताउदै  संस्था र अध्यक्ष विरुद्ध उजुरदिने, चेक बाउन्स गर्ने, आफुलाई काम गर्न असहज गर्ने, कर्मचारीहरुलाई कुनै किसिमका तनाव दिने जस्ता कार्यहरु आज देखि बचतकर्ताहरुको तर्फबाट नहुने कुरामा आफुले बिस्वास गरेको र सोहि तरिकाले सम्पूर्ण बचतकर्ताहरुको बचत रकम फिर्ता दिने बिस्वास दिलाउदै सहज तरिकाले काम गर्ने बातावरण बनाइ दिनुहुन समेत बचतकर्तालाई अनुरोध गर्नु भएको छ ।

संस्थाको अध्यक्ष रविन्द्र चौलागाई का अनुसार सस्था समस्यामा परेपछी गठन भएको वचतकर्ता प्रतिनिधि कमिटि संग आफुले हरसमय  सहकार्य गर्दै अगाडी बढिरहेको र सोहि कमिटीले दर्ता गरको कम्पनीको नाममा अन्य थप जग्गा पनि धितोको रुपमा पास दिदै जाने र सो कमिटिसंगको सहकार्यमा यस सस्थाको तरलता संकट व्यवस्थापन हुने कुरामा पनि आफुले बिस्वास गरेको    बताए । कार्तिक २० गते  आइतबार बाट सहकारी का सबै शाखा बाट निर्वाध रुपमा आर्थिक  कारोबार सञ्चालन हुने र संस्थाले  नयाँ ऋण क्रमिक रुपमा  लगानी गर्दै जानका साथै बजारमा  बचत संकलन को लागि कर्मचारी खटाउने बताउदै यस समयमा सहकारी का सेयर  सदस्य हरुले सहकारी र सहकारी का कर्मचारी लाई थप सहयोग गर्नका लागि पनि अध्यक्ष चौलागाईंले  आग्रह गरेका छन ।

Facebook Comments Box
TOP
Shares