ललितपुर क्षेत्र नं ३ का जनताको गुनासो ” किन देखिनन् पम्फाले नख्खु–भैसेपाटी सडक ” ?

ललितपुर । गठबन्धनको तर्फबाट ललितपुर क्षेत्र नं.३ का उम्मेदवार पम्फा भुषालले ६ वर्षदेखि अलपत्र नख्खु–भैसेपाटी सडक देख्नुभएको छैन । अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट विजयी भुषालले स्थानीयलाई सडक कालोपत्रे गर्ने बताएपनि हालसम्म काम हुन सकेको छैन । आश्वासन दिने गर्नुभएका छ तर सडक बन्न सकेको छैन स्थानीय शालिकराम कुवँरले भन्नुभयो । अझैपनि उहाँले आफु सिवजयी भएमा सो सडक कालोपत्रे बनाउछु भनिरहनुभएको छ ।
उहाले भन्नुभयो –६ वर्षदेखि अलपत्र सडकको अवस्थाबारे जानकारी गराउँदापनि बेवास्ता गर्ने नेतालाई भन्दा बाटो बनाउन शुरु गर्ने नेतालाई मतदान गर्नुपर्ने बताउनुभयो । भन्नुभयो– हामीले धेरै पटक गुनासो पोखिसकेका छौ, चुनाव आयो अझै बाटो बनाउने आश्वासन दिन छाडुभएको छैन । सो सडक कालोपत्रे हुन नसकेपछि दुई महिनाअघि बाटो अवरोध गरेका थिए ।
त्यसबेला प्रमुख जिल्ला अधिकारीले निकायलाई बैठकमा बोलाउनुभएको थियो । प्रजिअले नेपाल प्रहरी, सडक विस्तार आयोजना प्रमुख कृष्णनाथ ओझा, वडाअध्यक्षद्वय र स्थानीयवासी लगायतको बैठकमा बाटो बनाउने सहमति भएको थियो ।
बैठकमा ललितपुर महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष दामोदर खड्का, वडा नं २५ का वडा अध्यक्ष दौलतकुमार खत्री र स्थानीयवासी सहितको बसेको बैठकले आजबाट कामगर्ने लिखित सहमति भएको थियो ।
उर्जा तथा जलस्रोत मन्त्री समेत रहनुभएका मन्त्री भुषालले बेवास्ता गरेको कारण सडक कालोपत्रे हुन नसकेको आरोप लगाएका छन् । वडा नम्बर १८ का अध्यक्ष दामोदर खड्काले यस क्षेत्रको सांसदको आँखा नपरेको कारण सडक पिच हुन नसकेको बताउनुभयो । सिडियो कार्यालयमा भएको वार्तापछि ठेकेदारले केहीदिन काम गरेको थियो । पछि फेरी रोकियो कसैले वास्ता गरेको छैन २५ नं वडा अध्यक्ष दौलतकुमार खत्रीले बताउनुभयो ।
ललितपुर ३ का एमालेका उम्मेदवार अमृत खड्काले सरकारमा रहेकाले काम गर्न नसकेको बताउनुभयो । भन्नुभयो–सानो काम पनि गर्न नसक्नेले कसरी विकासका कुरा गर्नु । सोही क्षेत्रका प्रदेश उम्मेदवार आफु निर्वाचित भएको दुई महिनामा कालोपत्रे सम्पन्न गर्ने बताउनुभयो । भन्नुभयो–फितलो नेतृत्वका कारण बाटो बन्न नसकेर हजाराँै जनताले सास्ती भोग्नु परेको छ ।
अधिकांश स्थानीयले सरकारको वागडोर सम्हाल्ने मन्त्रीले वेवास्ता गरेको कारण सो बाटो अलपत्र परेको आरोप लगाएका छन् । उनीहरु भन्छन–यति सडक कालोपत्रे गर्न नसक्नेलाई जनताले कसरी पत्याउलान ?
सो सडक निर्माण गर्ने विषयमा अघिल्लो आर्थिक वर्षमा पनि ५ पटक वार्ता भएको थियो । नख्खुदेखि आवासगेटसम्म बाटो बनाउने जिम्मा लिएको सीएम कन्ट्रक्सनका निर्देशक शान्त श्रेष्ठले दशैं र तिहार बीचमा बाटो कालोपत्रे भइसक्ने बताउनुभएको थियो । तर हालसम्म सोबाटो कालोपत्रे हुन सकेको छैन ।
विरुवा कम्पनीले सो बाटो निर्माण ठेक्का पाएको थियो । समयमा काम सम्पन्न गर्न नसकेपछि सरकारले सो कम्पनीलाई कालोसूचीमा राखेको थियो । मन्त्रीका लागि भैंसेपाटीमा मन्त्री क्वाटर समयमै सम्पन्न भयो तर त्यही क्षेत्रको जनताले दैनिक आवतजावत गर्ने नख्खु–भैंसेपाटी सडकखण्ड ६ वर्षदेखि अलपत्र रहेको स्थानीयको भनाइ छ ” सडक कालोपत्रे हुन नसक्दा हजारौ जनता र स्थानीय धुलोले हैरान छन् जितेर आए पछि बाटो पिच हुनु पर्यो ” ।
समाज
थप सामाग्री-
केआईआईटी विश्वविद्यालयले भन्यो– थप अप्रिय घटना हुन नदिन विद्यार्थीलाई नेपाल पठाइएको हो
-
हेटौँडा सिमेन्टको ‘रोप–वे’ लिलाम बिक्री, प्राप्त रकमले कच्चा पदार्थ खरिद गरिने
-
भारतमा नेपाली छात्राको मृत्युपछि भारतीय दूतावास अगाडि प्रदर्शन
-
प्रधानमन्त्रीले भने– भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेका छौँ
-
युएई पुगे युक्रेनी राष्ट्रपति जेलेन्स्की

संघीय सरकारले कर्णालीप्रति गर्ने उपेक्षा चिर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कँडेल
५ घण्टा अगाडि
1.3kViews 197 Shares Share on Facebook Share on Twitter सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारले कर्णालीप्रति गर्ने…