प्रियंका गान्धीको स्वागतमा २ किमी लामाे गुलाबकाे सडक

भारत/भारतीय कांग्रेस आईकी नेतृ प्रियंका गान्धीलाई करिब २ किलोमिटरसम्म गुलाबको फूलका सडक बनाएर सजाएर स्वागत गरिएको छ।
वाड्रा पार्टीको तीन दिने ८५ औं अधिवेशनमा भाग लिन शनिबार छत्तीसगढको नयाँ रायपुर पुग्दा उनका समर्थकले २ किलोमिटरसम्म सडकमा गुलाब बिच्छयाएर स्वागत गरेका हुन । उनीहरुका अनुसार गान्धीको स्वागतमा ६ हजार किलोभन्दा बढी गुलाबको फूल प्रयोग गरिएको थियो ।
प्रियंकाको स्वागतका लागि एयरपोर्ट अगाडिको सडकमा गुलाफको फूलको बाक्लो तह बिछ्याइएको थियो । गुलाब फूलले सजिएको सडकका दुबै छेउमा परम्परागत भेषभुषामा सजिएका लोक कलाकारहरुले पनि आफ्नो प्रस्तुति प्रस्तुत दिएका थिए ।
गान्धी मुख्यमन्त्री बघेलसँगको कारमा एयरपोर्टबाट निस्किएकी थिइन् । छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेल, प्रदेश कांग्रेस प्रमुख मोहन मरकम र अन्य पार्टी नेताहरूले प्रियंका गान्धी वाड्रालाई स्वागत गरेका छन ।
समाज
थप सामाग्री
आज मंसिर १४ गते बिहीबारको राशीफल : दोलखा भिमसेनले रक्षा गरुन
November 30, 2023
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ– बाल्यावस्थाको स्मृतिमा वा कुनै पुरानो कुरामा मन अलमलिन सक्छ। पुराना विषयले…