नक्कली लाइसेन्स बनाउने एक जना पक्राउ

काठमाडौं, १ चैत । नक्कली सवारी चालक अनुमति पत्र बनाएको आरोपमा वीरगञ्जबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-२५ बस्ने २४ वर्षीय पारस साह तुराह रहेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले ‘ई’ वर्गको सवारी चालक अनुमती पत्र बरामद गरेको छ । पक्राउ परेका उनीमाथि लिखत सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त, गौशाला पठाइएको प्रहरीले जनाएको छ ।
साहले ‘ई’ वर्गको सवारी चालक अनुमती पत्र लाई ए, बी, र सी वर्गको नक्कली सवारी चालक अनुमती पत्र बनाई प्रयोग गर्दै आएको प्रहरीको आरोप छ ।
Facebook Comments Box
समाज
थप सामाग्री
आज मंसिर १४ गते बिहीबारको राशीफल : दोलखा भिमसेनले रक्षा गरुन
November 30, 2023
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ– बाल्यावस्थाको स्मृतिमा वा कुनै पुरानो कुरामा मन अलमलिन सक्छ। पुराना विषयले…