लुकेका कलाहरूलाई जागरण गर्ने उद्देश्यका साथ संगीत शो कार्यक्रम हुँदै

काठमाडौं चैत ५ । नेपाली संगीत क्षेत्रमा कला र गला भयर पनि अगाडी आउन नसकेका प्रतिभालाइ अगाडी ल्याउने उद्देश्यका साथा काठमाडौंमा संगीत शो गरिने भएको छ।
सो कार्यक्रममा अन्डरएक्सपोज सेसन,अन्डरएक्सपोज प्रोडक्शन आयोजित एक ऐकुष्टिक संगीत शो हुने भएको छ।
यो शोमा अर्जिनल गीतहरूको ऐकुष्टिक सेशनसमेत हुने भएको छ। र यो कम्पनीले उनीहरूको अर्जिनल संगीत उत्पादन र संगीत भिडियो उत्पादनमा पनि सहयोग गर्ने गरेको छ।
यो शो प्रातिक इभेन्ट्सको एसोसिएशनमा हुने भएको हो। यसको समर्थन साझेदार कलाश स्टूडियो र फेयरीटेल्स स्टूडियो रहेका छन्।
हाम्रो शोको उद्देश्य लुकेका कलाहरूलाई जागरण गरेर अगाडी ल्याउने रहेको छ। धेरै कलाकारहरूले आफुमा भएको कला समेत देखाउने प्लेटफर्म पाएका छैनन्।र त्यस्ता कलालाई यो शोले अगाडी ल्याउन भरपुर सहयोग गर्ने आयोजक टिमले जानकारी दिएको छ।

चर्चित नक्कली भुटानी शरणार्थी काण्ड : बालकृष्ण खाण र टेकनाथ रिजालको बयान आज
June 2, 2023
काठमाडौँ ,जेठ १९ । नक्कली भुटानी शरणार्थी प्रकरणका बारेमा बालकृष्ण खाण र टेकनाथ रिजालको बयान आजबाट सुरु हुँदैछ । शरणार्थी…