इमरान खान पक्राउ काण्ड : पाकिस्तानमा भड्कियो हिंसा, देशैभरि विद्यालय बन्द

इस्लामवाद । पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ परेपछि भड्किएको हिंसा कारण आज पाकिस्तानमा निजी स्कुलहरू सबै बन्द हुने भएका छन् ।हिजो इस्लामवाद हाई कोर्टको बायोमेट्रिक कोटाबाट सेनाले उनलाई पक्राउ गरे पछि उनका समर्थकले देशैभरि बिरोधस्वरुप आगजनी तथा उग्र प्रदर्शनमा उत्रेका छन् ।मारन अल कादिर ट्रस्ट घोटाला प्रकरणमा उनलाई पक्राउ गरेको सेनाले जनाएको छ । पाकिस्तानको अखबार द डनका अनुसार अल कादिर ट्रस्ट घोटाला ५० अर्ब रुपैयाँभन्दा बढीको घोटाला छ, जहाँ इमरान, पत्नी बुशरा बीबी र बुशराकी साथी फराह गोगीले यसको फाइदा उठाएका छन् ।एजेन्सी

Facebook Comments Box
TOP