इन्स्टाग्रामको टिप्पणीले महाराष्टमा भडकियो हिंसा, स्थीति नियन्त्रण लिन धारा १४४ लागु

मुम्बई, ३१ बैशाख । महाराष्ट्र अकोलाको पुरानो शहरमा दुई समुदायबीच झडप भएको छ ।
सो झडपमा परेर एकजनाको मृत्यु भएको छ भने एक प्रहरीसहित तीन जना घाइते भएका छन् । सो झडप पछि प्रहरीको संख्या बढाईएको छ भने स्थीतिलाई नियन्त्रणमा लिनका लागि कलेक्टरले त्यहाँ धारा १४४ लगाएका छन् ।
साथै, सो झडपछि सो क्षेत्रमा धैरै नै तोडफोड हुन पुगेको छ भने दर्जनौं गाडीहरु तोडफोडमा परेका छन ।
जानकारी अनुसार महाराष्टको अकोला शहरमा शनिवार एउटा पोष्ट इन्स्टाग्राममा बिबादित सामाग्री प्रकाशित भएको थियो । सो सामाग्री प्रकाशित भए पछि असन्तुष्ट एक समुदायले प्रहरी थानामा पुगेर आफनो असहमति दर्ज गराएको थियो ।
यसैक्रममा प्रहरी थानामा पुगेको उक्त भिड अचानक भडकिन पुगेको थियो । उक्त भीड भडके पछि दुई समुदायको बिचमा झडप सुरु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

नेपाल ‘क्षेत्रीय पावर हब’ बन्ने सम्भावना
June 2, 2023
काठमाडौँ/भारतले आगामी १० वर्षमा नेपालमा उत्पादित बिजुली १० हजार मेगावाट किन्ने घोषणा गरेसँगै नेपालको विद्युत बजार सुनिश्चित बन्ने सम्भावना देखिएको…