लागूऔषध कारोबार गर्ने फरार प्रतिवादी पक्राउ

काठमाडौँ । एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाले उनलाई बिहीबार पक्राउ गरेको हो ।दर्ता विनाको औषधि ओसार प्रसार पैठारी निकासी मुद्दामा उनी फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा झापाको बाह्रदशी गाउँपालिका ४ का २९ वर्षीय इतियाज आलम रहेका छन् ।उनलाई कैद भुक्तानीका लागि कारागार कार्यालय झापा पठाइएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
TOP