सेनाको हेलिकप्टर बेपत्ता
एजेन्सी।
चार जना सवार भएको ट्युनिसियाली सेनाको हेलिकप्टर बेपत्ता भएको छ । राडार स्क्रिनबाट हराएको केही घण्टापछि दुर्घटना भएको आशङ्का गरिएको पनि रक्षा मन्त्रालयले बिहीबार जनाएको छ ।
“हिजो (बुधवार) साँझ केप सेराट क्षेत्रमा रात्रि उडान गरिरहेको हेलिकप्टरसँग सञ्चार विच्छेद भएको छ,” यो एक सेनाको विज्ञप्तिमा भनिएको छ।
‘विमान खोजी गर्न गृह मन्त्रालयसँगको समन्वयमा स्थल, जल तथा हवाई स्रोत परिचालन गरिएको छ ।ट्युनिसियाली सेनाले हालैका वर्षहरूमा तालिम वा जासुसी अभियानमा थुप्रै विमानहरू गुमाएको छ।
सन् २०२१ अक्टोबरमा दक्षिणी प्रान्त गाबेसमा रात्रि अभ्यासको क्रममा सेनाको हेलिकप्टर दुर्घटना हुँदा तीन सैनिकको मृत्यु भएको थियो।उक्त दुर्घटनाको आधिकारिक अनुसन्धानको निष्कर्ष अझै सार्वजनिक गरिएको छैन।
समाज
थप सामाग्रीपाँच आरोहीको शव एक सातादेखि धौलागिरि हिमालमै
October 14, 2024
1.6kViews 327 Shares Share on Facebook Share on Twitter धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच पर्वतारोहीको शव एक हप्तासम्म…