काठमाडौंका मेयर बालेनविरुद्ध सडक व्यापारी आन्दोलित

काठमाडौ भदौ ४ । काठमाडौं महानगरपालीकाले सडक व्यापारीहरुलाई बिस्थापन गर्न खोजेको भन्दै व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । सडक व्यापार गर्ने साना व्यवसायीहरुले महानगरपालिकाको कदमविरुद्ध आईतवार काठमाडौंमा भेला भइ प्रदर्शन गरेका हुन् । काठमाडौं महानगरले जबरजस्ती विस्थापन गर्न खोजेको भन्दै साईकल, ठेलागाडा, फुटपाथमा व्यवसाय गर्ने व्यवसायीहरु र केही सर्वसाधारण आन्दोलनमा उतिएका छन् । व्यवसायीको आन्दोलनमा सहभागी कानून व्यवसायी सुविन मुल्मीले काठमाडौं महानगरले सडक व्यापारीहरुलाई गरिखान नदिएको आरोप लगाएका छन् । उनले सडक व्यापारलाई कानूनले पनि नरोकेको दाबी गरेका छन् ।

Facebook Comments Box
TOP
Shares