ललिता निवास प्रकरणमा विजयकुमार गच्छदारसँग सिआइबीले लियो बयान
काठमाडौं । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरोले विजयकुमार गच्छेदारसँग बयान लिएको छ । सोमबार साँझ अनुसन्धान अधिकृतहरूले गच्छेदारसँग महाराजगञ्जस्थित सिआईबीमा बयान लिएका हुन् ।
पूर्व उप–प्रधानमन्त्री विजयकुमार गच्छदारविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । तर, प्रहरीले उनलाई बयान लिएर छाडेको छ । सोमबार नै अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरिएपछि पूर्वमन्त्री चन्द्रदेव जोशी र गच्छेदारको बयान गराइँदा ढिला भएको सिआईबीले बताएको छ ।
संगठित रुपमा सरकारी लिखत किर्ते गरेर बालुवाटार क्याम्प भित्रको १४७ रोपनी जग्गा हिनामिना प्रकरणमा गच्छेदार संलग्न रहेको सिआईबीको अनुसन्धान निष्कर्ष छ । जग्गा हिनामिना आरोपमा १८ जना हिरासत छन् ।
समाज
थप सामाग्रीमेलम्ची पानी आजदेखि आउँदै
October 8, 2024
2.2kViews 176 Shares Share on Facebook Share on Twitter काठमाडौं । मेलम्ची पानी आजदेखि काठमाडौं आउने भएको छ । आज…